काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको मौसम पुर्वानुमान विभागले जनाएको छ ।
बेलुका साढे ७ बजेदेखी पर्न थालेको वर्षा हाल प्रदेश १ को पहाडी र हिमाली भुभाग लगायत वागमती र गण्डकी प्रदेशको काठमाण्डौ उपत्यका, धादिङ, चितवन, तनहूँ, कास्की, लमजुङ, बागलुङ र आसपासलगायत नेपालभर जारी छ ।
अहिलेसम्म मध्यम रहेको वर्षा बढ्न सक्ने र त्यसले नदीमा समेत वहाव बढ्ने भएकोले तनहुँ, गोरखा र आसपासका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसलाई मौसमविदले भने प्रि मनसुन भएकोले यो समयमा पानी पर्नु सामन्य रहेको बताएका छन् । मध्य नेपालमा भने असिनापानी पारेकाे बताइएकाे छ ।