न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा फेरि एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
६९ बर्षिय महेश अमात्यको बिहिवार स्थानिय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि बुधवार अस्पताल भर्ना गरिएका अमात्यको बिहिबार निधन भएको हो।
काठमाण्डौं स्थायी घर भएका अमात्यका श्रीमती र ३ छोरा छन्।
अमात्य केही महिना अघि मात्रै अमेरिका पुगेका थिए।
उनको दाहसंस्कारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो।
न्युयोर्कमा एकमहिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ।