अमेरिकाको भर्जिनियामा एक नेपालीको निधन

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ५७


भर्जिनिया । अमेरिकाको भर्जिनियामा एक नेपालीको निधन भएको छ।

'फेनी मे' नामक प्रतिष्ठानमा कार्यरत सुनिल श्रेष्ठको रेस्टन शहरस्थित अपार्टमेन्टमा निधन भएको हो। 

अपार्टमेन्टमै मृत अवस्थामा फेला परेका श्रेष्ठको मृत्युको कारण थाहा हुन सकेको छैन।

उनका कार्यालय सहयोगीका अनुसार उनी आफ्नो कार्यालयको नियमित बैठकमा २ दिन अगाडि सम्म सहभागी भइरहेका थिए। 

स्वर्गीय श्रेष्ठलाई भाइ मान्ने छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गले गत सोमबार आफ्नो घरमा स्वर्गीय श्रेष्ठ आएको जानकारी दिइन्।

२ दिन अगाडि विहान आयोजित वैठकमा सहभागी भएका श्रेष्ठ मध्यान्ह आयोजना गरिएको वैठकमा सहभागी नभएपछि उनको खोजी सुरु भएको थियो।

आफैं आयोजना गरेको वैठकमा अनुपस्थित भएपछि कर्मचारीहरु र उनका भारतीय साथीहरुले खोजी सुरु गरेका थिए।

पतिसंग सम्पर्क हुन नसकेपछि नेपालमा रहेकी पत्नीले छिमेकी क्रिस्टेनलाई गुहारेकी थिइन। क्रिश्टेन र उनका पतिले पटक पटक घण्टी बजाउँदा पनि ढोका नखुलेपछि खबर गरेर प्रहरी बोलाइएको थियो।

प्रहरीले चिकित्सक र एम्वुलेन्सका कर्मचारी वाहेक कसैलाई पनि भित्र प्रवेश गर्न दिएको थिएन। प्रहरीले सुनिलको शव अपार्टमेन्ट भित्रै ढलेको अवस्थामा भेटाएको थियो।

फर्कनु अघि प्रहरीले क्रिश्टेनलाई सुनिलको मृत्यु करिव १२ घण्टा अघिनै भएको जानकारी दिएको थियो ।

स्व. श्रेष्ठको नेपालमा ७ महिनाकी छोरी र ५ बर्ष मुनिको एक छोरा रहेका छन्। उनका नजिकका नातेदार तथा आफन्तले नेपाली दुताबासमा पनि सम्पर्क गरेका छन्।

निधन भएका श्रेष्ठ खेलाडी समेत रहेको इनेप्लिजले उल्लेख गरेको छ।

 केही महिना अगाडी एन्फाका पूर्व अध्यक्ष गणेश थापा अमेरिका जाँदा आयोजना गरिएको एक मैत्रीपूर्ण खेलमा उनले खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्