आजको मौसम: दिउँसो देशभर सामान्य बदली हुने

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : २३


काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्य बदली हुनेछ भने देशका मध्य, पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख गरे अनुसार आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्