शोकमा डुब्यो बलिउड, यी अभिनेताको मृत्यु

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ३ : ३१


कुनै समयका चर्चित बलिउड अभिनेता रंजीत चौधरीको निधन भएको हो। उनको ६४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनकी बहिनी रैल पद्यसीले उनको मृत्यु भएको जानकारी गराउँदै दुख व्यक्त गरेकी छिन्। ४० फिल्म तथा टिभी सिरियलमा काम गरिसकेका रंजीत मिसीसिपी मसाला र कामसुत्रमा उनको भूमिकालाई निकै सम्झने गर्दछन्। 

चर्चित अभिनेत्री पर्ल पद्यसीका छोरा रंजीतको जन्म उनको पहिलो विवाहपछि भएको थियो। पछि उनले दोस्रो विवाह गरेकी थिइन्। रंजीतकी बहिनीको नाम रोहिनी चौधरी हो। रैल पद्यसी उनकी सौतेली बहिनी हुन्। 

र्रजीतले फिल्म खट्टा मीठाबाट सन् १९७८ मा बलिउड यात्रामा कदम राखेका थिए। त्यसपछि उनले बोतो बातोमे, खुबसूरत, कालिया जस्ता फिल्ममा काम गरेका थिए। उनको मृत्युमा बलिउडका विभिन्न कलाकारले श्रद्धाञ्जली व्यक्त गर्दै शोक जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस्