लकडाउन उल्लंघन गरेर मर्निङ वाक जानेलाई पुसअप सजाय

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ११ : ०५


काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्नेमाथि कारवाही गर्दै आएको छ।

यसैबीच भैरहवामा लकडाउनलाई उल्लंघन गर्नेलाई बिहीबार सडकमै पुसअप गर्न लगाएर सजाय दिइएको छ।

बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको हो।


प्रतिक्रिया दिनुहोस्