नेपालमा कोरोना भाइरस जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  १० : १९


काठमाडौं । नेपालको कानुनअनुसार सरुवा रोग फैलाए/सारे १० वर्ष जेल सजाय तोकिएको छ ।

कोरोना जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्