कोरोनाभाइरस चिनियाँ ल्याबबाटै बाहिरिएको अमेरिकी गुप्तचरकाे दाबी

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ६ : १२


काठमाडौं । अमेरिकी गुप्तचर निकायले कोरोनाभाइरस चीनको बजारबाट नभइ प्रयोगशालाबाट बाहिरिएको तथ्य बाहिर ल्याएका छन्। अमेरिकी सरकारले यसको पुष्टि गर्न थप अनुसनधान गरिरहेको पनि गुप्तचर र सुरक्षा निकायले औल्याएका छन् ।

गुप्तचर अधिकारीहरुले यो भाइरस संक्रमण फैलिनुका सम्भावित थ्योरीहरुलाई लिएर अनुसन्धान अगाडि बढाइरहेकाे सिएनएनले उल्लेख छ। यो कुरा रिपब्लिकन सांदहरुसहितका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अगाडि सारेका हुन् ।

महामारीसँग जुध्न ट्रम्पले गरेका कामहरुको आलोचना भइरहेको बेला यसलाई अन्यत्र मोड्न चाहन्छन् । सरकार निकट एक गुप्तचर अधिकारीका अनुसार अमेरिकी गुप्तचर निकायलेले यो भाइरस चीनको वुहानस्थित प्रयोगशालामा बनेको भन्ने थ्योरीमा अनुसन्धान गरिरहेको छ । थ्योरीअनुसार भाइरस दुर्घटनावश प्रयोगशालाबाट बाहिरिएको दावी गरिएको छ ।

स्रोतले सिएनएनलाई बताए अनुसार अमेरिकी इन्टेलिजेन्सले यो थ्योरीलाई पुष्टि गर्न सकिरहेको छेन तर उसले प्रयोगशालामा दुर्घटनावश कोही संक्रमित भए–नभएको र त्यपछि अरु कसैलाई संक्रमित गरे–नगरेको जानकारी हासिल गर्ने प्रयास भने गरिरहेको छ ।

अमेरिकी इन्टेलिजेन्सका ज्वाइन्ट चीफ अफ स्टाफ चेयरम्यान मार्क मिलेले यसै साता बताएअनुसार अमेरिकी इन्टेलिजेन्स यो भाइरस ल्याबमा उत्पन्न भएको हो वा होइन भन्ने खोजी गर्न प्रयासरत छ । यो कुरा यसअघि पनि केही बैज्ञानिकहरुको हवला दिएर बाहिर आएको थियो। तर,त्यसको पुस्टि हुन सकेको छैन।

ल्याबमा भाइरस उत्पन्न भएको भन्ने थ्योरीलाई चीनले भने अस्वीकार गरेको छ । चीनमात्र नभइ बाहिरी विश्वका कैयौं विज्ञहरुले पनि यो थ्योरीलाई हावादारी भन्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्