काठमाडौँ । भूमि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त हुनुभएका देवी ज्ञवालीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ। आज बिहान ११ बजे ज्ञवालीसहित नियुक्त हुनुभएका अन्य चार सदस्यले बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गर्न लागेको स्रोतले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रीय सदस्य देवी ज्ञवालीलाई नियुक्त गरेको थियो। ०४६ सालपछी बनेको १५ औँ ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’ को अध्यक्षमा देवी ज्ञवाली र चारजना सदस्य रहेका रहनुभएको छ। प्राप्त जानकारी अनुसार उक्त आयोगका अध्यक्षलाई राज्यमन्त्री सरह र सदस्यहरुलाई बिशिस्ट श्रेणी सरहको सेवा सुबिधा दिइने छ।
उक्त आयोग घर घडेरी र खेतीपातीकालागी जग्गा उपलब्ध गराउन बनेको हो। उक्त आयोगको अध्यक्षमा नियुक्त हुनुभएका ज्ञवाली नेकपा चितवनका नेता हुनुहुन्छ।
उहाँ प्रचण्ड पुत्री रेनु दाहालसँग भरतपुर महानगरपालिकाको चुनावमा मेयर पदमा पराजित हुनुभएको थियो। धाँधली गरेर रेनुलाई जिताइएको र ज्ञवाली पराजित भएको चर्चा नेकपा वृत्तमा अहिले पनि हुन्छ।