सप्तरीमा आरडीटी पोजेटिभ देखिएका २ युवकको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ०९


काठमाडौं । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणमा पोजेटिभ देखिएका प्रदेश नंम्बर २ का जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश २ का आठ जिल्लाम ४ सय १९ जनाको आरडीटी टेस्ट गरिएको थियो।

त्यसक्रममा सप्तरीका २ युवकमा कोरोना पोजेटिभ देखिएको थियो।

भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका उनीहरुमा कोरोना पोजेटिभ पाइएपछि थ्रोट स्वास संकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ।

प्रदेश नं २ मा यसअघि पर्सामा ३ जना भारतीयमा भने कोरोना संक्रमण भेटिएको पुस्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्