काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्राईले देशको समस्या समाधानका लागि आफूले चार मुद्दा नमरेसम्म नछोड्ने बताउनुभएको छ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका डा भट्टराईले सामाजिक सञ्जाल फेसबुमा स्टटा्स लेख्दै पूर्वप्रधानमन्त्री भएका नाताले आफूले समस्या मात्र देखाएर पानीमाथिको ओभानो बन्न नमिल्ने बताउनुभएको छ।
उहाँले लेख्नुभएको छ, 'समस्या समाधानका निम्ति मैले निरन्तर उठाएका चार कुरा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा पुरा गरौँ । यी चार मुद्दा नमरेसम्म भनिरहन्छु।'