काठमाडौँ । विभिन्न क्षेत्रमा चलेको हावाहुरी तथा चट्याङका कारण राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि आज राती करिब देशभर विजुली गएको छ।
करिब ८ः४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले प्रसारण लाइनमा समस्या देखिएपछि देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताउनुभयो।
उहाँले अहिले अवरुद्ध भएको सेवा सुरु भइसकेको बताउनुभयो।