नभेटिएको कोरोनालाई ‘भेटियो’ भनेपछि यसरी पुगे दीपक प्रहरीको फन्दामा

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १२ : ५५


दाङ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण नभेटिए पनि भेटियो भनेर प्रचार गर्दा के हुन्छ ? यो प्रश्नको उत्तर घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ वर्षीय दीपक न्यौपानेलाई कण्ठै भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाउनेहरुप्रति सरकार कडा बन्दै गएको छ । पछिल्लो समय हुँदै नभएको कोरोना संक्रमणलाई हावा तालमा कोरोना भेटियो भनेर सामाजिक सञ्जाल वा मिडियामार्फत हल्ला मच्चाउनेहरु प्रहरीको फन्दामा पर्दै आइरहेका छन् । यही सिलसिलामा प्रहरीले दाङमा पनि दीपक न्यौपानेलाई पक्राउ गरेको हो । न्यौपानेलाई आजै बिहान ८ बजेतिर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार न्यौपानेले आफ्नो फेसबुकमा दाङमा पनि एकजना कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमित व्यक्ति भेटिएको भनी पोष्ट गरेका थिए । भ्रामक तथा तथ्यहीन विवरण पोष्ट गरी आमजनसमुदायमा डर, त्रास फैलाएको भन्दै न्यौपानेेेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस्