लकडाउन अझै लम्ब्याउने तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ३ : ५३


काठमाडौँ । नेपालमा लकडाउन अझै लम्बयाउने तयारी गरिएको छ। मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्नेछ। 

आज बिहान ११ बजे मन्त्रीपरिषद् बैठक बस्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। उक्त बैठकले लकडाउनको समयावधि अझै एक हप्ता थप्ने अनुमान गरिएको छ। 

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि देशभर गरेको लकडाउनको समयसीमा भोलि अर्थात बुधबार सकिदैछ। 


प्रतिक्रिया दिनुहोस्