बाबुराम भन्छन्-‘यो बर्ष ठूलो उथलपुथल हुनसक्छ’, हिसिलाले देखाइन् उग्र रुप!

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : ४२


काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी एव नेतृ हिसिला यमीका दुई ट्विट अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। 

नेपालीहरुको नयाँ बर्ष वि.स २०७७ सालको उपलक्ष्यमा गरिएका गरिएका यी ट्विट परस्पर विरोधी देखिन्छन।

नेतृ यमीले नेपालले विक्रम सम्बत मान्न छाड्नुपर्ने तर्क गरेकी छन् भने बाबुरामले विक्रम सम्बतमै टेकेर अन्धविश्वासी ट्विट गरेका छन्।

हिसिलाले ट्विटमा लेखेकी छन्, 'विश्वले नै इसाई सम्वत मानेको बेला हामी कहिलेसम्म विक्रम सम्बत मान्ने?'

नेतृ यमीले बिक्रम सम्बतको सामयिकतामाथि प्रश्न उठाउँदै ट्विट गरेपछि समाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बाबुरामले भने ७ अकं जोडेका बर्ष नेपालमा उथलपुथल हुने गरेको भन्दै यो बर्ष महाउथलपुथल हुनसक्ने उल्लेख गरेका छन्। 

नेपाली मौलिकतामाथि प्रश्न उठाउँदै हिसिलाले आफ्नो उग्र रुप देखाएकी हुन।

कुनैबेलाका क्रान्तिकारी एवं नेता बौद्धिक नेता बाबुरामले भने आफ्नो अन्धविश्वासीपन भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्