काठमाडौं। चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगित गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो ।
बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगीत गरिएको निर्देशक साकारले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ बर्ष २०७७ को शुभकामना ब्यक्त गरेका छन् । ‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं ।’ बिज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् ।