एजेन्सी । घातक कोरोना भाइरस विरुद्ध अहिले विश्वका धेरै देशहरु संघर्ष गरिरहेका छन्।
ठूलो संख्यामा मानिसहरु संक्रमित भएपछि धेरै देशमा मेडिकल सामग्रीहरुको अभाव भएको छ। वुहानबाट सुरु भएको यो भाइरस चिनमा भने नियन्त्रणमा आइसकेकोे छ।
कोरोनाग्रस्त मुलुकहरुले रोग निको पार्न चीनको विधी एवं मेडिकल सामग्री प्रयोग गर्ने गरेका छन्। धेरै देशहरुले चीनबाट मेडिकल सामग्री खरिद गरेका गरेका छन्।
न्यु योर्क टाइम्सको एक रिपोर्टका अनुसार चीनले एक महिनामा मात्र ३० लाख भन्दा बढी फेस मास्क, करीव ४ करोड प्रोटेक्टिभ गियर, २० लाख भन्दा बढी टेस्ट किटहरू र कम्तिमा १६ हजार भेन्टिलेटरहरू अन्य देशहरूमा निर्यात गरेको छ।
अवस्था भयावह बन्दै जाँदा चीनमा विदेशबाट सामानको माग ठूलो छ।
यसबीचमा धेरै देशहरुले चीनको मेडिकल सामग्री गुण्स्तरीय नभएको भन्दै फिर्ता समेत गरेका छन्। मेडिकल सामान फिर्ता गर्ने देशमा स्पेन, नेदरल्याण्ड्स, पाकिस्तान र अन्य केही देशहरू समेत छन्।
यी देशहरुले सामान गुणस्तरका नरहेको भन्दै आयात भएका उपकरणहरू चीन फिर्ता पठाएका हुन।
डच मिडियाको रिपोर्ट अनुसार नेदरल्याण्ड्सले चीनबाट आयात गरेका मास्क मध्ये आधा मास्क फिर्ता पठाउन बाध्य पारिएको थियो।
मास्कको उद्देश्य ठोस वा तरल कण पदार्थलाई फिल्टर गर्नु र प्रयोगकर्ताहरूलाई सुरक्षा दिनु हुन्छ।
तर, ती मास्कमा गुणस्तर नपाइएपछि फिर्ता गरिएको बताइएको छ।
बीबीसीको रिपोर्ट अनुसार चीनले टर्की र स्पेनमा पठाएका टेस्ट किटहरू पनि काम नलाग्ने रहेको पाइएको छ।
परीक्षण किटहरूले सहि रूपमा बिरामीमा कोरोना पत्ता लगाउन नसकेको समाचारमा उल्लेख छ।
अर्को एउटा रिपोर्टमा चीनले पाकिस्तानमा अण्डवियरबाट बनेका मास्कहरू पठाइएको आरोप लागेको छ।
पाकिस्तानी एक स्थानीय न्यूज च्यानलले उक्त समाचार प्रकाशित गरेको छ।
समाचारमा चीनले कोरोनाभाइरसको प्रकोप रोक्न देशलाई मद्दत गर्न राम्रो गुणस्तरको N-95 मास्क र अन्य उपकरण निर्यात गर्ने बाचा गरेको थियो ।
तर,उनीहरूले पठाएका मास्कहरू अंडरवियर बन्ने कपडाबाटको रहेको पाइएको छ।।