अमेरिकाको सेना कोरोना भाइरसको चपेटामा, ५५० नौसैनिक संक्रमित

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ४१


काठमाडाैं । हाल पुरै विश्वमा अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित छ । अब अमेरिकाको सेना पनि यो ज्यानमारा भाइरसको चपेटामा आएको छ । अमेरिकाको ५५० नौसैनिकमा कोभिड–१९ पोजिटिभ पाइएको छ ।

विमानवाहक पोत थियोडोर रुजभेल्टको चालक दलका ४८०० सदस्य मध्ये १० प्रतिशत भन्दा बढीमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । नौसेनाका प्रवक्ताले चालका दलका ९२ प्रतिशत मानिसमा कोरोना परीक्षण गरेका थिए । जसमा ५५० नौसैनिक पोजिटिभ रहेका छन् र ३६७३ को रिपोर्ट नेगेटिभ आएको थियो ।

नौसेनाका सचिवले राजीनामा दिएको अमेरिकी नौसेनाले जनाएको छ । प्रवक्ताका अनुसार ३६९६ नौसैनिकलाई गुआममा रहेको होटल तथा घरमा क्वारिन्टिनमा राखिएको छ ।

यो भन्दा पहिले अमेरिकी नौसेनाका सचिव थोमस मोडलीले जाहाजका कप्तान ब्रेट क्रोजियरलाई कमानबाट हटाएका थिए । कोरोनाभाइरसको स्थितिसँग जुध्न र पुनः यसको कप्तानलाई हटाएपछि उठेको सवालको विषयलाई लिएर नौसेनाका सचिव स्वयंले पनि आफ्नो पदबाट राजीनामा दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्