चार स्थानीय तहका क्वारेन्टाइन भए खाली

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १ : ४७


खलङ्गा । जुम्लाका चारवटा स्थानीय तहका १४ दिनको अवधि पूरा गरेरसँगै क्वारेन्टाइन खाली भएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्ने उद्देश्यका साथ यहाँको सिञ्जा गाउँपालिका, कनकानुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका छन् । प्रवेश निषेध गराएको स्थानीय तहमा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिको अवधि पूरा भएपछि क्वारेन्टाइन खाली भएका हुन् ।

    कोभिड–१९ को सङ्क्रमण पैmलिन नदिन सिञ्जा गाउँपालिका–१ देखि ६ स्थित सिञ्जा बहुमुखी क्याम्पसमा रहेको ५३ श्ययाको १८ जना व्यक्तिको क्वारेन्टाइन १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइन खाली भएको गाउँपालिकाले आवश्यक औषधि र खाद्यान्न बंैकसमेत सञ्चालन गर्न लागिपरेका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

    कनकासुन्दरी गाउँपालिकामा २० क्वारेन्टाइनमा बसेकाको १४ दिन अवधि पूरा गरेसँगै क्वारेन्टाइन खाली भएको प्रमुख प्रशासकीय अधिकृत विपेन्द्र अधिकारीले बताउनुभयो । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई गाउँपालिकाले खाना, बस्न र औषधि उपचारमा सहयोग गरेको अधिकारीले बताउनुभयो । पातारासी गाउँपालिकाले वडा नं ४ सञ्चालन गरेको क्वारेन्टाइनमा नौजनाको अवधि पूरा भएसँगै क्वारेन्टाइन खाली भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । 

    अन्य गाउँबाट प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस पैmलिने खतराको दृष्टिगत गर्दै चैत महिनाको २६ गतेदेखि गाउँपालिका प्रवेशमा निषेध गरिएको गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले जानकारी दिनुभयो । पालिका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मीसहित सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना भई कोरोनाविरुद्ध जनचेतना फैलाउन उपाध्यक्षको नेतृत्वमा टोलटोलमा जनचेतना जोगाउन कार्य थालिएकोे अध्यक्ष बोहोराले बताउनुभयो ।

    चन्दननाथ नगरपालिकाले ३० श्ययाको क्वारेन्टाइनमा एनजना १४ दिनको अवधि पूरा गरी घर फर्किसकेकाले क्वारेन्टाइन खाली भएको र होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखाप्रमुख क्षेत्रबहादुर महतले बताउनुभयो ।

    मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएसँगै  यहाँका तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन बिस्तारै खाली हुँदै गएको गाउँपालिका अध्यक्षहरु बताउँछन् ।

    स्वास्थ्यकर्मी सुरक्षाकर्मी पिपिईबिनै परीक्षणमा

    यहाँका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पिपिईबिनै सुरक्षा चेकजाँचमा खटिएका छन् । पिपिईबिना खटिनु पर्दा कोभिड–१९ को सङ्क्रमण हुने त्रास उनीहरुमा छ । अझै पिपिई प्राप्त हुन नसक्दा जोखिम लिएर काममा खटिनुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्दले बताउनुभयो ।  

    कोभिड–१९ को सुरक्षा जाँच गरिरहेका प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतसँग काममा खटिने ५० जना सुरक्षाकर्मीलाई तत्कालै पिपिई उपलब्ध गर्न माग गरेकामा कुनै उपलब्ध हुन नसकेको र कुनै सङ्घसंस्थाले नदिएकाले पिपिई बिना काम गर्न बाध्य भएको सूचना अधिकारी चन्दले बताउनुभयो ।

    
    जुम्ला, कालीकोट र मुगु जिल्लाका नागरिकलाई त्यहाँ रहेका स्वास्थ्यकर्मीले पिपिई बिनै यात्रुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका छन् । यहाँका स्थानीय तहले दैनिक रुपमा आलोपालो गरी यात्रुको ‘थर्मल गन’ले ज्वरो नाप्नेदेखि स्वास्थ्य परीक्षण गर्ने कार्यसमेत गरेको तिला गाउँपाािलका स्वास्थ्य शाखाका प्रमुख गणेशकुमार शाहीले बताउनुभयो ।

    पिपिई बिनै यात्रुको स्वास्थ्य जाँच गर्दा जोखिम रहेको सुरक्षाकर्मीलाई मास्कबाहेक केही नपाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भारतलगायत दोस्रो मुलुकबाट कर्णाली प्रदेश हँुदै जुम्ला, मुगु र डोल्पा प्रवेश गर्ने उक्त ठाउँमा सुरक्षाकर्मीले पनि जोखिम मोलेरै जाँच गर्नु परेको नेपाली सेनाले जनाएको छ । 

    कर्णाली स्वास्थ्य विज्ञान, जिल्ला प्रशासन र यहाँका स्थानीय तहको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सहायता कक्षमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो ।

    मास्क बनाउँदै जुम्ली युवा                      

    कोभिड–१९ को सङ्क्रमणबाट बच्न माक्स प्रयोग उपयोगी हुने उपाय स्वास्थ्यकर्मीले दिन थालेपछि यहाँका युवा मास्क बनाउने कार्यमा जुटेका छन् । बजारमा अहिले मास्कको मागअनुसार पूर्ति हुन नसकेर सर्वत्र अभाव भइरहेको छ । यस्तो अवस्थामा जुम्लाका युवाले पुनः प्रयोग गर्न मिल्ने सुरक्षित मास्क उत्पादन गर्न थालेका छन् ।

    युवा टोलीले उत्पादन गरेका मास्क स्तरीय हुनाका साथै पुनः प्रयोग गर्न मिल्ने खालको भएको युवा गोविन्द सुनारले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि समेतले कपडाको मास्क उत्पादन गरी सुरक्षित हुने उपाय बताइरहेका छन् । जुन सुरक्षित हुन नसक्ने स्वास्थ्यकर्मीले बताइरहेका छन् । गोविन्दले भन्नुभयो, “विकल्पमा पुनः प्रयोग गर्न मिल्ने स्तरीय मास्क उत्पादन गर्न लागेका छौँ । यो मास्क मेडिकल मास्क जस्तै हो तर मेडिकल मास्क क्षणिक प्रयोग गर्न मिल्छ तर यो धोएर पुन ः प्रयोग गर्न मिल्छ । चिकित्सकको सुझावका आधारमा मास्क तयार पारिएको सुनारले जानकारी दिनुभयो ।”

    “कपडाका माक्स प्रयोग गर्दा कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचिने होइन बरु सङ्क्रमण बढ्न सक्ने डाक्टरहरु भनिएका छन्”, गोविन्दले भन्नुभयो, “कपडाको मास्क प्रयोग गर्दा सुरक्षित भइँदैन, हामीले विकल्पमा नयाँ तरिकाबाट पुनः प्रयोग गर्न मिल्ने माक्स बनाउन थालेका हौँ ।” सदरमुकाम खलङ्गाको बालमन्दिर नजीकै मास्क बेच्न राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्