काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ८ बजे एकै पटक सबै मिलेर राष्ट्रिय गान गाउन देशवासीलाई अनुरोध गरेका छन्।
नेपालीहरुले सोमबार नयाँ बर्ष मनाउँदैछन्। लकडाउनका कारण घरमै सिमित भएको दैनिकीका बीच प्रधानमन्त्री ओलीले राष्ट्रिय गान गाउन देशवासीलाई आग्रह गरेका हुन।
प्रधानमन्त्री ओलीले घरकै बसेर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020