कोरोनाविरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीसहितका योद्धाको सम्मानमा १ मिनेट ताली

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ५९


काठमाडौं । नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल लगायत नेपालका सबै नागरिक संघसंस्थाहरुको सामूहिक आव्हानमा भोलि नयाँ वर्षको दिन बिहान ६ बजे विश्वभर रहेका नेपालीहरुले १ मिनेट ताली बजाइने भएको छ । कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीसहितका योद्धाहरुको उच्च सम्मानमा १ मिनेट ताली बजाउन थालिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनु भयो ।

कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीसहितका योद्धाहरु, सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, समुदायस्तरमा खटिनुभएका स्वयंसेवकहरु र लकडाउनको पालना गरिरहनुभएका आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्न आ–आफ्नो स्थानबाट १ मिनेट ताली बजाउने कार्यक्रम राखिएको आयोजक संस्थाहरुले जनाएका छन् । आयोजक संस्थाहरुले महासंघका सञ्जाल र नागरिक संस्थाका प्रतिनिधिहरुबीच ५ मिनेटसम्म नेटवर्क बैठकमार्फत यो सूचना प्रवाह गर्न पनि आग्रह गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस्