पर्सामा आयोजित ठूलो भेलामा सहभागी थिए कोरोना संक्रमित

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : १७


पर्सा । स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्जमा कोरोना भाइरसका ३ संक्रमित भेटिएको पुस्टि गरेसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १२ पुगेको छ।

मन्त्रालयले संक्रमित भेटिएकाहरुको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरेको जानकारी दिएको छ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिइ नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका छन्।

सप्तरीमा फागुन महिनाको ३ ,४, ५ गते आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन्।

मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए।

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसेका थिए।

सप्तरीको बोदेबसाइनमा भएको एउटा धार्मिक सभामा उनीहरु सहभागी थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार त्यो सभामा नेपाल, भारत, पाकिस्तान, भुटान र बंगलादेशका गरी करिब ६० हजार मानिस सहभागी थिए।

१३ दिनअघि वीरगन्ज आइपुगेका उनीहरू सप्तरी, पर्सा, बारालगायत ठाउँका मस्जिदमा बस्दै आएका हुन्।

स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको थिए।

हेटौंडाको प्रयोगशालामा पहिलो स्वाब परिक्षणको नतिजा पोजिटिभ आएपछि उनीहरुसंग कति जना आएको भन्नेकुरा प्रहरीले खाज्न सुरु गर्यो।

सूचनाको अधारमा प्रहरीले दुई मस्जिदमा छापा हान्यो।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित मस्जिदमा बस्दै आएका २१ जना र अन्य गरि २६ धर्मप्रचारकहरुलाई  प्रहरीले नियन्त्रणमा लिइ क्वारेन्टाइनमा पठाएको पर्सा प्रहरीले जनाएकोे छ।

कोरोना पुस्टि भएकाहरसँगै रहेका अन्यलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ।

 


प्रतिक्रिया दिनुहोस्