एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अप्रिल ११ सम्ममा विश्वका ५२ देशमा २२ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ।
एक रिपोर्ट प्रकाशित गर्दै डब्लुएचओले २२ हजार ७३ २जना स्वास्थ्यकर्मी संक्रमित बनेको उल्लेख गरेको छ।
सबै देशहरुबाट कति स्वास्थ्यकर्मीहरु संक्रमणको सिकार बनेका छन् भन्ने बारे ठोस जानकारी उपलब्ध हुन नसकेकाले संख्या यो भन्दाबढि हुन सक्ने डब्लुएचओले जनाएको छ।
कोरोनाका बिरामीको उपचारमा खटेका स्वास्थ्यकर्मी भाइरसको सिकार बनेका हुन।
विश्वभर कोभिड १९ बाट १७ लाख मानिस संक्रमित भएका छन् भने १ लाख भन्दा बढिको ज्यान गएको छ।