कोरोनाको आशंका गरिएका १४ जनाको रिर्पोट आयो

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ३ : २७


बिहीबार जाजरकोटबाट सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ। 

जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका १४ जनालाई कोरोनाको आशंकामा नमूना परीक्षणका लागि सुर्खेत पठाइएको थियो। 

आज सबैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । नेगेटिभ रिपोटै आएका सबैलाई घर पठाइने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्