भारतमा कोरोनाबाट एकैदिन १०३३ संक्रमित, ४० जनाको मृत्यु

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ११ : ३१


नयाँदिल्ली । भारतमा घातक कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४० जनाको मृत्यु भएको छ।

देशभरीमा १ हजार ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा संक्रमित हुनेको संख्या ७ हजार नाघेको छ भने २३९ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य अधिकारीहरुले देशमा यदि लकडाउन नगरिएको भए यहि १५ तारिखसम्ममा देशमा ८ लाख मानिस संक्रमित बन्नसक्ने चेतावनी दिएका थिए।

अधिकारीहरुका अनुसार लकडाउनले गर्दा धेरै मानिस संक्रमित हुनबाट बचेका हुन। तर, संक्रमणका घटना भारतमा दिनदिनै  भने बढिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस्