अमिताभ बच्चले भने, तस्वीर धमिलो देख्न थाले, केही दिनमै आँखाको ज्योति गुम्न सक्छ

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ५ : २३


काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनले केही समय पछि आफ्नो आँखाको ज्योति पूर्ण रुपमा गुम्न सक्ने आशंका व्यक्ति गरेका छन्। 

उनले शुक्रबार आफ्नो ब्लग मार्फत तस्बिरहरु धमिलो देख्न थालेको भन्दै केही समयमै आँखाको ज्योति गुम्न सक्ने आशंका व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘मैले तस्बिरहरु धमिलो देख्न थालेको छु । कतिपटक सामानहरु दुईवटा पनि देख्ने गरेको छु । पछिल्ला केही दिनदेखि म यो तथ्यलाई मान्न थालेको छु कि मेरो आँखाको ज्योति हराउनेछ।’

ब्लगमा अमिताभले बाल्यकालमा आमा तेजी बच्चनले आफ्ना आँखाको चोट लाग्दा उपचार गर्ने तयारीको पनि याद गरेका छन्। उनले लेखेका छन्, 'मलाई आज ती दिन याद आइरहेका छन् जब मेरो आँखामा चोट लाग्दा आमाले आफ्नो साडीको सप्कोलाई डल्लो बनाएर त्यसमा फुकेर मेरो आँखामा राखिदिनुहुन्थ्यो । र समस्या तुरुन्त हट्थ्यो । अब म आमाको यही तरिका अपनाइरहेको छु। '

उनले आफूलाई डाक्टरले अन्धो हुन नदिनका लागि विश्वास दिलाएको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मेरा डाक्टरले मलाई विश्वास दिलाएका छन् कि उनले मलाई कहिले पनि अन्धो हुन दिने छैनन् । मैले सधैं डाक्टरको सल्लाह अनुसरण गर्दै आएको छु। उनले दिएको आईड्रप हरेक घण्टा हाल्छु।' 


प्रतिक्रिया दिनुहोस्