प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई अस्पताल भर्ना

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : २७


काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई अस्पताल भर्ना हुनुभएको छ। 

मुटुमा समस्या देखिएपछि उहाँलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रस सल्लाहकार suryaले जानकारी दिनुभएको छ। 

उहाँको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिएको बताइएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस्