बढी प्रदूषण हुने क्षेत्रमा कोरोनाको खतरा धेरै

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ३ : २८


चीनको वुहानबाट सुरु भएका कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ।  

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी चिन्ताको विषय बनेको छ। कोरोनाबाट संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ। कोरोना भाइरसको महामारी तिब्र रुपमा बढिरहेका बेला कोरोनासम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ। अनुसन्धान अनुसार प्रदूषण बढी हुने क्षेत्रमा कोरोना भाइरस संक्रमणको खतरा बढी हुने गर्दछ। 

हार्वर्ड विश्वविद्यालयको मेडरिक्समा प्रकाशित अध्ययन अनुसार प्रदूषण धेरै हुने स्थानमा कोरोना भाइरसको संक्रमणको खतरा पनि बढी हुने बताइएको छ। अध्ययन अनुसार गाडी र कारखानाबाट निस्किने पीएम कण हावामा मिल्ने गर्दछ र उक्त प्रदूषण हाम्रो फोक्सोका लागि निकै खतरनाक हुने गर्दछ। उक्त हावामा रहेका मानिसमा कोरोना भाइरसले गम्भिर रुपमा प्रभावित गर्ने अध्ययनमा उल्लेख छ। 

अध्ययन कर्ताले अमेरिकाका लगभग ३००० क्षेत्रका वायु प्रदूषण क्षेत्रको जाँच गरेका थिए। उनले वायु प्रदूषण क्षेत्रमा रहने अमेरिकाका ९८ प्रतिशत संकमितको तथ्यांकलाई त्यस तथ्यांकमा जोडेर हेरे, जहाँ कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै देखियो। 


प्रतिक्रिया दिनुहोस्