काठमाडौँ । चीनको वुहानबाट सुरु भएका कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ हजार १२ जनाको मृत्यु भएको छ भने ९४ हजार १५४ जना नयाँ संक्रमित थपिएका छन्। यो सँग अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६९६ पुगेको छ भने १६ लाख ९७ हजार ८४८ जना संक्रमित भएका छन्।
जसमध्ये अहिलेसम्म ३ लाख ७६ हजार २५४ जना उपचार पछि निको भएका छन्। कोरोना भाइरसको उद्गमस्थिल मानिने चीनमा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ जनाको मृत्यु भएको छ। कोरोना भाइरस मत्थर बनेको चीनमा लकडाउन खुलेपछि पनि कोरोना संक्रमितको संख्या भेटिन् छोडेका छैनन्।
यो सँग चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय ३६ पुगेको छ भने ८१ हजार ९ सय ७ जना संक्रमित भएका छन्। जसमध्ये ७७ हजार ४५५ जना निको भएका छन् भने अब एक्टिभ संक्रमितको संख्या ११ सय १६ मात्रै छ । जसमध्ये १४४ जनाको अवस्थामा गम्भिर रहेको छ।