अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ३३


काठमाडौँ । चीनको वुहानबाट सुरु भएका कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ। 

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ हजार १२ जनाको मृत्यु भएको छ भने ९४ हजार १५४ जना नयाँ संक्रमित थपिएका छन्। यो सँग अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६९६ पुगेको छ भने १६ लाख ९७ हजार ८४८ जना संक्रमित भएका छन्। 

जसमध्ये अहिलेसम्म ३ लाख ७६ हजार २५४ जना उपचार पछि निको भएका छन्। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या सबैभन्दा अहिलेसम्मकै उच्च छ। 

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३ जनाको मृत्यु भएको छ भने ३३ हजार ७५२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँग अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ भने ५ लाख २ हजार ३१८ जना संक्रमित बनेका छन्। जसमध्ये अहिलेसम्म २७ हजार ३१४ जना मात्रै उपचारपछि घर फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस्