काठमाडौं । विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ।
शुक्रबार राति साढे १० बजेसम्म कोरोनाका कारण १ लाख ३७९ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी कोरोनाले १६ लाख ५२ हजार ९२६ जना संक्रमित भएका छन् । त्यस्तै ३ लाख ६९ हजार ६ सय ४६ जना निको भएका छन् ।
अहिले उपचाररत ११ लाख ७८ हजारमध्ये ५० हजारको अवस्था भने चिन्ताजनक छ। अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ।
शुक्रबार एकै दिन अमेरिकामा १ हजार २ सय ३६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १७ हजार ९२७ पुगेको छ।