एकै परिवारका आठ नेपालीमा कोरोना संक्रमण

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : १३


काठमाडौं । सुदुरपश्चिमको अछाम घर भएका एक नेपालीको परिवारलाई भारतमा कोरोना संक्रमण भएको छ।

अछामको चौरपाटी गाउँपालिका ५, लुंग्रा घर भइ हाल मुम्बई गिरगाउँ चौपाटीबस्दै चेतमान खड्काको परिवारलाई कोरोना संक्रमण भएको हो।

खड्का लगायत उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएकोमा र परीक्षणका क्रममा आठ जनामै संक्रमण देखिएको बताइएको छ।

सुरुमा एक जनामा कोरोनाको शंका गरेर अस्पताल लैजाँदा रिपोर्ट पोजेटिभ आएको थियो।

सबै परिवारको टेस्ट गराउँदै रिपोर्ट पोजेटिभ देखिएको हो।

अहिले संक्रमित सबैको फरक–फरक अस्पतालमा उपचार भइरहेको छ। 

कोरोना संक्रमण देखिएपनि आठै जनाको स्वास्थ्य अवस्था सामान्य छ।

यो सँगै भारतमा कोरोना भाइरस संक्रमित नेपाली संख्या १२ पुगेको छ ।

यसअघि दक्षिण भारतको बैंग्लोरको बस्दै आएको एक नेपाली दम्पतीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । 


प्रतिक्रिया दिनुहोस्