बेलायतमा एकैदिन ९५३ जनाको मृत्यु, मृतकको संख्या ९ हजार नाघ्यो

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ३ : ४४


लण्डन । बेलायतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ।

पछिल्लो ४८ घण्टामा ९५३ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ हजार नाघेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मृत्यु हुनेहरुमा ८ सय ६६ जना इंग्ल्याण्डमा, ४८ जना स्कटल्याण्डमा, २९ जना वेल्समा र १० जना नर्दर्न आएरल्याण्डका रहेका छन्।

युकेमा संङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ६६ हजार बढि छ।

कोरोनाका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या एक लाखनजिक पुगेको छ।

यस्तै सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ लाख नाघेको छ।

कोरोनाका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्।

त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ।

त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन्।

तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।

तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ।


प्रतिक्रिया दिनुहोस्