मलेसियामा ‘लकडाउन’को अवधि फेरि लम्बियो

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ३७


काठमाडौँ । मलेसियामा लकडाउनको अवधि फेरि दुई हप्ता थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । अब २८ अप्रिलसम्म मलेसियामा लकडाउन कायम रहनेछ । कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो ।

त्यसैले यो अवधिमा लकडाउनको पालना गर्न पनि दूतावासले आग्रह गरेको छ । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्