दाङ । जिल्लामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । देउखुरी उपत्यकाको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् ।
शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चारवटा भालुको आक्रमणबाट घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते चौधरीको खुट्टामा भालुले चिथोरेको घाउ रहेको छ ।
दुईवटा माउ र दुईवटा बच्चा भालुले आक्रमण गरेको घाइते चौधरीले बताए । बन्चरो र खुर्पाले हानेर भागी बाँच्न सफल भएको घाइते चौधरीले बताए । घाइते चौधरीको लमही अस्पतालमा उपचार भइइरहेको छ ।