भारतले पर्साका गाउँपालिका अध्यक्षमाथि लगायो गम्भीर आरोप

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : १५


काठमाडौं । भारतले नेपालको पर्सा जिल्ला स्थित जगन्नाथ गाउँपालिकाका प्रमुख जालिम मियाँलाई खोजी सूचीमा राखेको खुलासा भएको छ।

तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका मियालाई भारतमा कोरोना भाईरस फैलाउने संदिग्ध योजनाकारका रूपमा सुचीमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जगरनाथपुर गाउँपालिका मिया हतियार कारोबारी समेत रहेको भारतले आरोप लगाएको छ।

बिहारका अधिकारीहरुले उनले भारतमा कोरोना भाइरस फैलाउने योजना बनाइरहेकोले सीमामा सावधान रहन एसएसबीलाई परिपत्र जारी गरेका छन्।

परिपत्रमा ४०/ ५० कोरोना भाइरसका संदिग्धलाई नेपालबाट छाडिएकाले सीमामा सर्तकता अपनाउन भनिएको छ।

 


प्रतिक्रिया दिनुहोस्