एजेन्सी । नेपालमा रहेका एक व्यक्तिले भारतमा कोरोना भाइरस फैलाउने षडयन्त्र गरेको भारतले आरोप लगाएको छ।
भारतीय सञ्चार माध्यममा बिहारको पश्चिम चंपारण जिल्लाका सिडिओले लेखेको पत्र सार्वजनिक भएको छ।
परिपत्रमा नेपालमा पर्सा जिल्लामा रहेका एक व्यक्तिले ५० जना जति संदिग्ध छाडेकाले अर्लट रहन भनिएको छ।
प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले सीमा सुरक्षा बल (एसएसबी) लाई ७ अप्रिलमा लेखेको उक्त पत्रमा नेपालबाट कोरोना फैलाउने षडयन्त्रा भइरहेकोले सावधानी अपनाउन उल्लेख गरेका छन्।
सीमा क्षेत्रबाट कोरोना फैलाउने प्रयास भइरहेको पत्र सार्वजनिक भएपछि बिहारका गृहसचिवले केन्द्रसरकारलाई समेत जानकारी दिएको र चेकजाँचमा कडाई भइरहेको बताएका छन्।
देखें, बिहार में नेपाल से 30-40 कोरोना संक्रमित मरीज घुसने की खबर पर क्या बोले गृह विभाग के अपर सचिव आमिर सुबहानी pic.twitter.com/UANLaH2Fby
— NBT Hindi News (@NavbharatTimes) April 10, 2020