काठमाडौं । राष्ट्रिय सरोकार मञ्चले नयाँ बर्ष बैशाख १ गतेलाई नयाँ तरिकाले मनाउन आह्वान गरेको छ। संसार नै कोरोना संक्रमणको असरमा रहेकाले यो वर्ष घरमै नेपाली मौलिक संस्कृति अनुसार पुजापाठ र दीप प्रज्वलन गर्न मञ्चले आब्हान गरेको हो।
मञ्चका अध्यक्ष सोमबिक्रम सिंहले एक अपिल सार्वजनिक गर्दै नयाँ वर्षको दिन बैशाख १ गते चार बजेर ५१ मिनेटदेखि ६ बजेर २७ मिनेटसम्म दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्।
त्यस्तै मञ्चले घरघरमा भएको घण्टी, डमरू, ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नववर्षलाई स्वागत गर्न पनि आह्वान गरेको छ। भ्रष्टाचार तथा अनियमितताका साथै रोग व्याधा निर्मुल होस् भन्ने कामना सहित नयाँ तरिकाले नयाँ वर्ष मनाउन मञ्चले आग्रह गरेको हो।