४० करोड दान दिइसकेका अक्षय कुमारले फेरि गरे ठूलो सहयोग

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५८


एजेन्सी । कोरोना राहत कोषलाई ४० करोड रुपैंया दान दिएका बलिउडका मनकारी अभिनेता अक्षय कुमारले फेरि ठूलो सहयोग गरेका छन्।

अभिनेता अक्षय कुमारले भारतको बृहन्मुंबई म्युनिसिपल कर्पोरेशन ( बिएमसीलाई) ३ करोड भारु (झण्डै ५ करोड नेपाली रुपैंया) दान दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अक्षय कुमारले बीएमसीलाई मास्क, (पीपीई), परिक्षण किट र अन्य मेडिकल सामग्री उत्पादनका लागि उक्त सहयोगको  घोषणा गरेका हुन।

बलिउड अभिनेता अक्षयले कोरोना पीडितका लागि ठूलो सहयोग गरेपछि चौतर्फी प्रशंसा पाएका छन्।

अक्षय कुमारले अघि अघि पिएम केर्यस फण्ड २७ करोड भारु सहयोग गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस्