काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट मार्फट मोदीसँग संवाद गरेको जानकारी दिएका छन्।
कोरोना विरुद्ध लकडाउन घोषणा गरेपछि दुई देशका प्रमुखबीच पहिलो पटक कुराकानी भएको हो।
दुवैदेशका प्रधानमन्त्रीबीच ‘लकडाउन’ को कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने र आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा सहमति भएको छ।
आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ । @PMOIndia
— K P Sharma Oli (@kpsharmaoli) April 10, 2020
Spoke today with Prime Minister of Nepal, Shri @kpsharmaoli. We discussed the prevailing situation due to COVID-19. I appreciate the determination of people of Nepal to fight this challenge. We stand in solidarity with Nepal in our common fight against COVID-19.
— Narendra Modi (@narendramodi) April 10, 2020