नयाँ दिल्ली । स्वास्थ्य अधिकारीहरुले भारत इटलीको बाटोमा अगाडि बढिरहेको भन्दै भयावह स्थिती आउनसक्ने चेतावनी दिएका छन्।
विश्व स्वास्थ्य संगठनले हरेक देशहरुलाई कोरोना भाइरस छ /छैन भनेर निष्कर्षमा पुग्न भन्दै आएको छ 'टेस्ट गर, टेस्ट गर, टेस्ट गर' !
तर, धेरै देशका सरकारहरु निकै लापरवाही गर्दै आएका छन्। जसले गर्दा यो भाइरस भित्रभित्रै भुसको आगोको रुप लिँदै पो छ की भन्ने चिन्ता समेत हुने गरेका छन्।
नेपाल जस्तै भारतमा पनि परिक्षण ज्याँदै न्यून छ। विज्ञहरुले परिक्षणको दायरा बढाउन सरकारलाई अपील गर्दै आएका छन्।
भारतमा कोरोना भाइरस संक्रमितका घटनाहरुको ग्राफ हेर्दा इटलीको गतिमा अगाडि लम्किरहेको पाइएको छ।
तथ्यांकका अनुसार एक महिना अघिको इटलीको पथमा अहिले भारत हिडिँरहेको छ। मात्र एक महिनाको समयको फरक छ।
विश्व मिटरको आँकडा केलाउँने हो भने यहि अप्रिल १ तारिख सम्ममा भारतमा १९ सय ९८ संक्रमणका घटना थिए। ५८ जनाको ज्यान गएको थियो।
इटलीको एक महिना अघिको तथ्यांकलाई हेर्ने हो भने मार्च १ तारिख सम्ममा त्यहाँ १५७७ संक्रमितका घटना र ४८ जनाको मृत्यु भएको थियो।
सोमबार सम्म अर्थात ६ अप्रिल सम्म भारतमा कोरोनाभाइरसका संक्रमणका घटनाको संख्या ४७७८ पुगेको छ भने मृत्य १३६ जना मरेका छन्।
इटलीमा एक महिना अगाडि अर्थात् मार्च ६ तारिख सम्मको कोरोना ग्राफलाई हेर्नुभयो भने त्यहाँ ४६३६ संक्रमित र १९७ जनाको मृत्यु भएको थियो।
(मार्च महिनामा) जस्तो अवस्था थियो भारतमा अहिले (अप्रिलमा) त्यस्तै भइरहेको छ।
यो संख्या निरन्तर बढिरहेको देखिन्छ।
मात्र एक महिनाको फरक रहेको र भारतको तथ्यांक इटलीको गतिमा अगाडी बढिरहेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्न थालेका छन्।
यद्धपी इटलीमा वृद्धहरुको संख्या बढि भएकाले धेरैको ज्यान गएको भन्ने खालका विश्लेषण समेत हुने गरेका छन।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने भारतले ठिक समयमा लकडाउन गरेकाले इटालीजस्तो संक्रमण हुन नसक्ने बताएको छ।
हाल घातक कोरोना भाइरसबाट विश्वभर ९५ हजार भन्दा बढि मानिसको मृत्यु भएको छ भने १६ लाख भन्दा बढी संक्रमित छन्।
सबैभन्दा बढि मृत्यु हुने देशमा इटलीनै अगाडी रहेको छ।