ट्रम्प मास्क नलगाए पनि हुन्छ भन्छन्, पत्नी भन्छिन्, अनविार्य मास्क लगाउनूस्

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ५ : ५८


काठमाडाैं । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म मास्क प्रयोग गरेका छैनन् । कोरोनालाई चाइनीज भाइरस भन्दै उनले त्यससँग आफू मास्क नलगाई जुध्ने बताउँछन् । संसारका अधिकांश मुलुक कोरोनाबाट जोगिन लकडाउनमा छन् । तर, ट्रम्प अमेरिकालाई लकडाउन नगर्ने अडानमा छन् ।

यसैबीच अमेरिकाकी प्रथम महिला तथा ट्रम्प पत्नी मेलानिया ट्रम्पले कोभिड–१९ बाट सुरक्षित रहन सबै अमेरिकीलाई अनिवार्य मास्क लगाउन सुझाव दिएकी छन् । उनले कोरोनाबाट जोगिन कमडाको मास्क प्रयो गर्न भनेकी छन् ।

भिडभाड हुने स्थानमा सामाजिक दूरी कायम गर्न असम्भव रहेकाले मास्कको अति महत्व रहेको उनको भनाइ छ । यद्यपि मास्कको तुलनामा सामाजिक दूरी कायम गर्नु नै उत्तम भएको उनले स्पष्ट गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्