काठमाडाैं । साउदी अरबको शाही परिवारका १ सय ५० जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये किंग सलमान र क्राउन प्रिन्स भने आइसोलेसनमै भर्ती भएका अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
साउदीका राजपरिवारको उपचार हुने किङ फैजल स्पेसलिस्ट हस्पिटलका डाक्टरहरु राजपरिवारको उपचारमा लागिपरेका छन्। अस्पतालमा पाँच सय अतिरिक्त बेड तयार पारिएको जनाइएको छ।
अस्पतालमा तयार पारिएका ती बेड साउदीमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरुको उपचारमा प्रयोग गरिने जनाइएको छ। टाइम म्यागजिनले जनाएअनुसार अस्पताल प्रशासनले डाक्टरहरुलाई हाई अलर्टमा बस्न निर्देशन दिएको छ । राजपरिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालले जनाएको छ ।