आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ४१


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

देशको पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रबारः दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शनिबारः दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आईतबारः दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।


प्रतिक्रिया दिनुहोस्