काठमाडौं । सरकारले बिहिबार दिउसो लकडाउनका बीच २ दिन उपत्यकामा रहेकाहरुलाई बाहिरिन दिने निर्यय गरेको सूचना सार्वजनिक गर्यो।
उक्त सूचना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारिक पेजबाट समेत सार्वजनिक गरिएको थियो।
बिना कुनै तयारी र छलफल निर्णय भएपछि प्रदेश सरकारले विरोध जनाए। अनि सरकारले आफ्नै निर्णय डेढ घण्टापछि फिर्ता लियो। तर, अधिकारीहरु भने आफ्नो दोष सञ्चार माध्यममाथि थुपार्न खोजीरहेका छन्।
भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय संमितिका संयोजक इश्वर पोखरेलले सामाजिक सञ्जालमा अफवाह फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।
सरकारको उक्त निर्णय बारे समितिका सदस्य समेत रहेका उद्योगमन्त्री लेखराज भट्टले पनि मिडियालाई जानकारी दिएका थिए।
उक्त अडियो समेत बाहिरिएको छ।
मिडियामाथि दोष थोपर्नेमा पूर्वमन्त्रीहरु समेत छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मिडियामाथि दोष थोपरेका छन्।
घुस प्रकरणको अडियो मिडियामा आएपछि राजीनामा दिएका बाँस्कोटा पछिल्लो प्रकरणमा मिडियामाथि दोष लगाउनु कस्सिएका हुन।
यस्तो छ बाँस्कोटाको ट्विट
यो पनि
शंकरले नमान्दा सरकार युटर्न, एक घण्टा पनि टिकेनन् ईश्वर