गलत सूचना दिने प्रधानमन्त्री कार्यालयको फेसबुक पेज गायव

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ४ : ३४


काठमाडौं । सरकारले शुक्रबार र शनिवार काठमाडौं उपत्यकामा रहेकाहरुलाई गाँउ जान दिने निर्णय गरेको सूचना दिने फेसबुक पेज डिलिट गरिएको छ।

सामाजिक सञ्जालमा उक्त सूचना भाइरल बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेज डिएक्टिभेट गरिएको हो।

उक्त पेजमा सरकारले निर्णय गरेको उल्लेख गरिएको थियो। तर, कोरोना सम्बन्धी उच्चस्तरिय समन्वय समितिले कुनै निर्णय नभएको जानकारी दिएपछि उक्त पेजको पोस्ट डिलिट गरिएको छ।

पोस्टसँगै पेजपनि डिएक्टिभेट गरिएको हो।

प्रदेश सरकारको असन्तुष्टिपछि सरकारले निर्णय फिर्ता लिएको पेजमा उल्लेख छ।

 

प्रधानमन्त्री कार्यालयले सूचना प्रवाहमा गरेको लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

उच्च स्तरिय संयोजक समितिका संयोजक ईश्वर पोखरेलले भने मिडियामाथि दोष थोपरेका थिए।

यो पनि

शंकरले नमान्दा सरकार युटर्न, एक घण्टा पनि टिकेनन् ईश्वर
 


प्रतिक्रिया दिनुहोस्