लकडाउनका कारण घर फर्किन नपाएका एक नेपालीले कुवेतमा गरे आत्महत्या

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ३ : ०६


कुवेत । स्वदेश फर्किने तयारीमा रहेका नेपालीले कुवेतमा आत्महत्या गरेका छन्। लमजुङका ४१ वर्षीय आइत बहादुर गुरुङले बुधवार बेलुकी आत्महत्या गरेका हुन्। 

५ वर्षअघि कुुवेत गएका गुरुङ कम्पनीबाट हिसाब मिलाएर बिदामा घर फर्कने तयारीमा थिए। तर, नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लागेका कारण उनी स्वदेश फर्किन पाएका थिएनन्।

कुवेतको मेश अल्गानियम कम्पनीको भान्सामा काम गर्दै आएका गुरुङले बुधवार आत्महत्या गरेको प्रारम्भिर रिपोर्ट आएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन्। 

घटनाका बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्