कञ्चनपुरमा हजारौं कुखुरालाई जिउँदै खाल्डोमा पुरियो

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ३ : ०१


काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको असर हरेक क्षेत्रमा देखिन थालेको छ।

दानापानि दिन समस्या भएपछि कञ्चनपुरमा किसानहरुले हजारौं कुखुरा नस्ट गरेका छन्।

लकडाउनले गर्दा दाना अभाव र कुखुरा ढुवानी गर्न नपाएपछि  जिउँदै कुखुरा खाल्डोमा पुरेर नष्ट गर्नु परेको कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले बताए।

लकडाउनकाबीच स्थानीय निकायलाई मासु बिक्रीका लागि सहजता गरिदिन आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि पुर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन्। 

अहिलेसम्म किसानहरुले १५ हजारजति कुखुरा नष्ट गरिसकेको अध्यक्ष नाथले बताए।

लकडाउनपछि कुखुराको मासु बजारमा कम खपत भएको छ।


प्रतिक्रिया दिनुहोस्