काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भई बूढानीलकण्ठ चुनीखेलमा डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेलमै बस्ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेका छन्।