हेटौँडाबाट ८ जना जुवाडे पक्राउ

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १२ : ००


मकवानपुर । मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले वुधबार साँझ मैदा टोलबाट २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक ताससहित २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदिप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश बिष्ट र सोही उपमहानगरपालिका ४ कमल डाँडा बस्ने ३० वर्षीय बिजय राईलाई पक्राउ गरेको हो ।

उक्त ठाउँमा तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे  छ ।


प्रतिक्रिया दिनुहोस्